उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले शिष्टाचार भेट गरेका छन्। बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेर उपराष्ट्रपतिसँग पाकिस्तानी राजदूत जावेदले शिष्टाचार भेट गरेका हुन्।
उपराष्ट्रपति र पाकिस्तानी राजदूतबीचको भेटमा नेपाल–पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
भेटमा उपराष्ट्रपतिले नेपाल–पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको बताए। उनले दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताए।
भेटमा नेपालका लागि पाकिस्तानका राजदूत जावेदले पाकिस्तान र नेपालको औपचारिक कूटनीतिक सम्बन्ध आगामी वर्ष ६० वर्ष पुग्ने भए तापनि दुई देशबीच हजारौँ वर्षको सम्बन्ध रहेको बताए। उनले पाकिस्तानले सधैँ शान्ति चाहेको र शान्तिको पक्षमा रहेको बताए।

प्रतिक्रिया