नेपाल आइडल प्रतिस्पर्धी सुरज थापाको शब्द तथा संगीत रहेको ‘लालुमै लालुमै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बुधबार विवेक थापा र तारा थापाको स्वरमा रहेको नेपाली लोक शैलीको गीतको भिडियो सार्वजनिक गरिएको हो।
उक्त गीतमा चर्चित मोडल तथा लोक तथा दोहोरी गायक प्रकाश सपुत, रियासा दाहाल र कुमार लामाको अभिनय रहेको छ। भिडियोमा सपुतले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन्।
उत्तम हुँमागाइँको छायांकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुरज आफैंले निर्देशन गरेका हुन्।
हेरौँ भिडियो

प्रतिक्रिया