कारोबार


मनकामना केवलकार पाँच दिनका लागि बन्द हुने

मनकामना केवलकार पाँच दिनका लागि बन्द हुने

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ११:५९,

मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ।

मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार यही भदौ २२ गतेदेखि २६ गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो।

मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए।

 गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए। यसको प्रवेशद्वार बटम स्टेसन चितवनको इच्छाकामना– ४ चेरेसमा छ।

केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो। उक्त कम्पनीले निश्चित अवधिमा आफूले बनाएका केवलकारको अवस्था अनुगमन गर्दै आएकामा सोहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको, उसकै निगरानीमा मर्मत हुन लागेको र मर्मतपछि नियमित सञ्चालनमा आउने उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad