ad ad

राजनीति


जोन्सनको ब्रेक्जिट सपना सङ्कटको भूमरीमा, आफ्नै सांसद विपक्षीजस्ता

जोन्सनको ब्रेक्जिट सपना सङ्कटको भूमरीमा, आफ्नै सांसद विपक्षीजस्ता

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ९:३५,

बेलायती संसद हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदान प्रधानमन्त्री जोन्सनको विपक्षमा गएका छन्।

प्रधानमन्त्री जोन्सनले बुधबार आगामी अक्टोबर १५ मा आमनिर्वाचन गर्नेगरी प्रस्ताव गरेका थिए, तर संसदले उक्त प्रस्ताव अस्वीकृत गरेको थियो।

युरोपेली संघबाट आगामी अक्टोबर ३१ मा बेलायतको बहिर्गमन हुनेगरी समयसीमा तोकिएको छ।

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिना सम्झौता गर्ने प्रधानमन्त्री जोन्सनको अर्को प्रस्ताव पनि संसदले अस्वीकृत गरेको थियो।

यद्यपी प्रधानमन्त्री जोन्सनले फेरि पनि संसदमा निर्वाचनका लागि पुनः प्रस्ताव ल्याउने तयारी गरेका छन्।

संसदमा चुनावी नतिजा आफ्नो पक्षमा नआएका कारण हतास देखिएका प्रधानमन्त्री जोन्सनले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन जनताको बीचमा जान डराएको आरोप लगाए।

“मेरो निष्कर्ष के हो भने अहिले चुनाव भए विपक्षीहरु विजयी हुने सम्भावना बिल्कुलै छैन। मेरो विचारमा बहुसंख्यक जनता अझै ब्रेक्जिटकै पक्षमा छन्।”

ब्रेक्जिटको गतिरोध अन्त्य गर्ने दृढ विश्वासका साथ छ हप्ताअघि प्रधानमन्त्री बनेका प्रधानमन्त्री जोन्सन अहिले संसदमा सहमति नजुट्दा संकटको घेराभित्र परेका छन्।

प्रधानमन्त्री जोन्सनले आगामी अक्टोबर ३१ को मितिभित्रै युरोपेली संघ छाड्नै पर्ने पटकपटक बताएका छन्।

उनी सम्झौतासहित वा बिना सम्झौता बहिर्गमनको पक्षमा छन्। तर जोन्सनकै कन्जरभेटिभ पार्टीका समेत धेरै सांसदहरु प्रधानमन्त्री जोन्सनको कठोर निर्णयको पक्षमा छैनन्।

हाउस अफ कमन्सले बुधबार बिना सम्झौता ब्रेक्जिटमा जाने प्रधानमन्त्रीको प्रस्तावलाई आफ्नै दलका सांसद समेत लागेर अस्वीकृत गरेको थियो।

जोन्सनले इतिहासमै जनताले दिएको अभिमतलाई विपक्षीहरुले निरन्तर अवमूल्यन गरिरहेको आरोप लगाएका छन्।

सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा झिनो बहुमत प्राप्त भएको थियो।

जोखिमपूर्ण तर समाधानको एउटा उपाय चुनाव हो भन्नेमा प्रधानमन्त्री जोन्सन देखिएका छन्।

चुनावले संसदको वर्तमान संरचनामा परिवर्तन ल्याउने र ब्रेक्जिट विरोधी सांसदहरु पराजित हुने प्रधानमन्त्री जोन्सनको विश्वास छ।

तर मतसर्वेक्षणहरुले चुनाव भइहाले जोन्सनको कन्जरभेटिभ पार्टीले बहुमत ल्याउन नसक्ने देखाएका छन्। प्रधानमन्त्रीप्रति निकै अविश्वास देखाएका विपक्षी पार्टीहरु नयाँ चुनावको प्रस्ताव स्वीकार्न तयार छैनन्। एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .