ad ad

राजनीति


  प्रधानमन्त्री ओली शुक्रबार फर्कँदै, स्वागतका लागि मन्त्रीहरूलाई पठाइयो सूचना

   प्रधानमन्त्री ओली शुक्रबार फर्कँदै, स्वागतका लागि मन्त्रीहरूलाई पठाइयो सूचना

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ९:१२,

उपचारका क्रममा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदैछन्। उनी अपरान्ह करिब २ बजे त्रिभुवन विमानस्थलमा ओर्लने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सबै मन्त्रीहरूलाई सूचना पठाएर शुक्रबार विमानस्थलमा उपस्थित हुन भनेको छ। मन्त्रीहरुलाई अपरान्ह एक बजेर ४५ मिनेटमा उपस्थित हुन सुचित गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको स्वागतका लागि सरकारका मन्त्रीहरु, मुख्यसचिव लगायत उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुग्नेछन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा बिभिन्न अड्कलबाजी भइरहेका बेला सम्पुर्ण उपचार सकेर उनी शुक्रबार स्वदेश फर्कने निश्चित भएकाे हाे।

सिंगापुरमा  ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गरिँदै आएको छ। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै बुधबार उनको उपचार प्रक्रिया पूरा भएकाे छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै ओलीको स्वास्थ्य सामान्य रहेको बताएका थिए।

१२ वर्षअघि मिर्गोलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली यही भदै ५ गते उपचारका लागि दोस्रो पटक सिंगापुर गएका थिए। उनको  सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भदौ ६ गतेबाट उपचार भइरहेको थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .