ad ad

कला


चलचित्र कलाकार संघद्वारा मनोनित पदाधिकारीलाई स्वागत

चलचित्र कलाकार संघद्वारा मनोनित पदाधिकारीलाई स्वागत

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ९:३९,

नेपाल चलचित्र कलाकार संघले मनोनित पदाधिकारीहरुलाइ स्वागत तथा सम्मान गरेको छ।

संघको  विधान अनुसार मनोनित गरिएका संरक्षक बरिष्ट अभिनेता निर शाह, सल्लाहाकार आजिवन सदस्यहरु दिनेश डिसी र मधु कुमार श्रेष्ठ, उपाध्यक्ष बरिष्ट चलचित्रकर्मी मोहन निरौला, सदश्यहरु नायक बिशाल बिष्ट, अभिनेत्री आंचल शर्मा, कलाकार रामेश्वर बुर्लाकोटी, कानुनी सल्लाहकार शम्भु प्रसाद निरौला तथा प्रेस संयोजकमा कलाकार तथा संचारकर्मी सुर्य चन्दलाई स्वागत तथा सम्मान गरिएको हाे। साथै सो अबसरमा नायिका आंचल शर्मालाइ अध्यक्ष खड्काले पद तथा गोपनियताको सपथ समेत खुवाएका थिए।

चलचित्र कलाकार संघका अध्यक्ष अभिनेता रबिन्द्र खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघका पूर्व अध्यक्षहरु तथा पदेन सल्लाहाकारहरु बरिष्ट अभिनेता कृष्ण मल्ल, बरिष्ट अभिनेता रमेश बुढाथोकी, बरिष्ट अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ट अभिनेता नवल खड्का लगायतका बिसिष्ट चलचित्रकर्मीहरुको उपस्थिति थियो।

भाद्र २३ गते संघको स्थापना दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाउने जानकारी समेत सो अवसरमा गराइएको थियो। अध्यक्ष खड्काले साझा धारणा बनाएर हातेमालो गर्न तथा संघको हकहितमा काम गर्न समेत सम्पूर्ण चलचित्रकर्मीहरुलाई आव्हान गरेका थिए। साे अवसरमा उनले श्रमजीवी चलचित्रकर्मीहरूको सामाजिक सुरक्षा एवं क्षमता अभिवृद्धिबारे अन्तरक्रिया गरिने प्रतिवद्धतासमेत जनाए।

kalakar sangh1 1

कार्यक्रममा महासचिब चेत बहादुर सिंह 'राजा' ले स्वागत मन्तब्य राखेका थिए भने सदस्य धर्मेन्द्र आचार्यले कार्यक्रमलाइ सञ्चालन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .