महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले सम्हालेका छन्।
भदौ १४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार एसएसपी ढकालले बुधबारदेखि महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक कार्यक्रमबीच बरिष्ठ प्रहरी अधिकारीहरुले ढकाललाई स्वागत गरेका थिए।
यसअघि महाशाखा प्रमुखको जिम्मेवारी बरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तले सम्हाल्दै आएका थिए।

प्रतिक्रिया