कारोबार


स्विस, बेलायत र नर्वेको ११ अर्ब अनुदान सहायता

स्विस, बेलायत र नर्वेको ११ अर्ब अनुदान सहायता

नेपालखबर
भदौ १८, २०७६ बुधबार १०:४,

यूरोपियन युनियनमा आवद्ध ३ वटा देशले नेपाललाई करिब ११ अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ।

बुधबार अर्थ मन्त्रालयमा युरोपियन युनियनमा आवद्ध मुलुक स्विजरल्याण्ड, नर्वे र बेलायतका राजदुतहरुले नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउने तथा सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यका साथ सो अनुदान सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

नेपालका लागि स्विजरल्याण्डका राजदुत एलिजावेथ भोन क्याप्लर, नेपालका लागि नर्वेका राजदुत लास्से जोहाननेशेन र बेलायतका अन्तराष्ट्रिय नियोग (डिएफआईडी)का सचिव माथेऊ जोनले अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालसँग छुट्टाछुट्टै सम्झदारी पत्रमा सो रकम नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउन र सार्वजनिक सेवामा सुधार ल्याउने कार्यक्रममा खर्च हुने भनिएको छ। सहसचिव नेपालले सो रकम चालू आर्थिक वर्षदेखि ४ वर्ष भित्र नेपाललाई उपलब्ध गराई सक्ने पनि समझदारीमा उल्लेख गरिएको बताए।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा भएको सो समझदारी पत्रमा नेपालको दीगो विकास तथा तीन वटै तहमा देखिएको असमझदारी हटाउन पनि सो अनुदान सहायताले सघाउ पु¥याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad