राजनीति


क्यान्सर केन्द्र भवनको म्याद अन्तिम पटक थप्न संसदीय समितिको सुझाव

क्यान्सर केन्द्र भवनको म्याद अन्तिम पटक थप्न संसदीय समितिको सुझाव

नेपालखबर
भदौ १८, २०७६ बुधबार ८:२०,

संसदीय समिति अन्तरगतको कार्य दलले काठमाडौंको महाराजगंजस्थित निर्माणाधिन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप गर्नुपर्ने सिफारिस गरेको छ।

संंघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको कार्य दलले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा सो भवन निर्माण कार्य सम्पन्न गर्न अन्तिम पटक समय थप गर्नुपर्ने निष्कर्ष निकालेको हो।

बुधबार समितिको बैठकमा सो प्रतिवेदन पेश गर्दै कार्य दलकी संयोजक अञ्जना बिशंखेले भेरिएशन स्विकृत भई थपिएको समय नौ महिना भित्र पनि सो केन्द्रको भवन निर्माण गरी हस्तान्तरण नगरे ठेकेदार कम्पनी गौरा कन्ट्रक्सनसँग क्षतिपूर्ति वापतको रकम असुल गरी निजसँगको ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिनुपर्ने सिफारिस पनि गरिएको स्पष्ट पारिन्। थपिएको समय भित्र सो भवन निर्माण सम्पन्न गरी हस्तान्तरण नगरे सो कम्पनीलाई कालो सूचिमा राख्न पनि सरकारलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

कार्य दलले सरकारले समयमै भुक्तानी नदिएका कारण सो केन्द्रको भवन निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ। सो केन्द्रको भवन निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएपनि भुक्तानी निकासामा ढिलाई हुँदा सम्पन्न गर्ने काममा पनि ढिलाई भएको पनि पाइएको कार्य दलकी संयोजक विशंखेले बताइन्। भूकम्पका कारण पनि सो भवन निर्माणको काममा ढिलाई हुन गएको कार्य दलको निष्कर्ष छ।

२०६८ साल मंसिर २८ गते निर्माण कार्य सुरु गरी ३ वर्ष भित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको सो केन्द्रको भवनको निर्माण कार्य बजेट निकासा र भूकम्पका कारण ढिलाई हुन गएको दावी गरिएको छ।

कार्य दलको प्रतिवेदनमा सो भवनको डिजाईनमा फेरबदल भईरहने, पानी तथा ढल निकास र सडक विस्तार कार्यले पनि सो भवनको निर्माणको कार्यमा केही अवरोध हुन पुगेको पनि उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad