पातारासी गाउँपालिका–४ का वडा सदस्य उदयराम बुढाको निधन भएको छ। पूर्वनेकपा माओवादीको तर्फबाट खुल्ला सदस्यमा निर्वाचित ६५ वर्षीय बुढाको बुधबार आफ्नै निधन भएको हो। वडा नम्बर ४ का सामाजिक परिचालक उसा बुढाका अनुसार उनी लामो समयदेखि बिरामी थिए। बुढाको आज दाहसंस्कार गरिएको छ। उनका तीन छोरा छन्। वडाध्यक्ष कालिबहादुर रावतले बुढाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको जानकारी दिए।
२५० भेडा मरे
तिला गाउँपालिका–६ मा आज चट्याङबाट भूतवाडा पाटनमा २५० भेडा मरेका छन्। तिला–६ का नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका भेडा मरेको स्थानीयवासी महाविर रावतले जानकारी दिए। ट्याङ लागेर महाविर रावत घाइते भएका छन्। रासस

प्रतिक्रिया