राजनीति


डेंगुविरुद्ध जनचेतना जनाउन सबै एकजुट हुनुपर्छः उपप्रधानमन्त्री यादव

डेंगुविरुद्ध जनचेतना जनाउन सबै एकजुट हुनुपर्छः उपप्रधानमन्त्री यादव

नेपालखबर
भदौ १२, २०७६ बिहिबार ११:५१,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतनामुलुक अभियानमा एकजुट हुन सबैलाई आव्हान गरको छ।

बिहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अन्तक्र्रियामा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आव्हान गरेका हुन्।

पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रण भन्दा पनि विस्तार हुने क्रममा रहेको र सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रण गर्न नसकिने भन्दै उनले जनचेतना अभिवृद्धिको साथै आवश्यक सर्तकता अपनाउने सवालमा सबैले सहयोगी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले दशैंको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक सर्तकता अपनाउने तर्फ तयारी भईरहेको बताइन्। उनले डेंगुको बहुआयामिक लक्षण देखिने भएकाले विशेष पहिचान गरि मृत्युदर घटाउनेतर्फ उपचारलाई केन्द्रित बनाउनुपर्ने बताइन्। तीन तहका सरकारका आ–आफ्ना क्षेत्राधिकार रहेकाले यससम्बन्धी जनचेतना अभिवृद्धिको साथै आवश्यक अनुगमनका लागि भने केही समस्या देखिएको उनको भनाइ थियो।

मुलुकका ४२ जिल्लामा देखिएको डेंगुको संक्रमणबाट अहिले सम्म १ हजार ५ सय ३७ जना बिरामी परेको मन्त्रालयले जनाएको छ। पछिल्लो समय विश्वका आधा भन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी प्रत्येक बर्ष ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुको साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ। डेंगुको संक्रमण ३ देखि १० दिनसम्म रहने र यस समयमा बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरिरमा रातो रातो बिमिराहरु देखा पर्ने चिकित्सकहरुले जनाएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .