खेल


दोस्रो अभ्यास खेलमा नेपालको फराकिलो जित, रित र सागर नायक(स्कोर कार्ड)

दोस्रो अभ्यास खेलमा नेपालको फराकिलो जित, रित र सागर नायक(स्कोर कार्ड)

नेपालखबर
भदौ १२, २०७६ बिहिबार ११:५३,

डर्कवथ लोविस(डिएल) म्याथडको आधारमा नेपालबाट ३५ ओभरमा पाएको १ सय ६५ रनको लक्ष्य पाएको बादुरेलियाले २३.१ ओभरमा सबै विकेट गुमाएर ८४ रनमात्रै बनाउन सक्यो।

उसका थिवेन्दू डिकवेलेले ३१ तथा अभिषका लक्षणले २१ रन जोडे। नेपालका सागर ढकालले ५ विकेट लिए । उनले ५.१ ओभरमा १८ रन खर्चेर ५ विकेट लिएका हुन्। यस्तै पवन सर्राफ र कमल सिंह ऐरी समान २-२ विकेट हात पारे। कुशल मल्लले १ विकेट हात पारे।

त्यसअघि ओपनर रित गौतमले ७६ रनको उत्कृष्ट पारी खेलेपछि वर्षाले प्रभावित खेलमा नेपाल ४६.४ ओभरमा सबै विकेट गुमाएर २०६ रनमा रोकिएको थियो।

No photo description available.

तर त्यसअघि वर्षाले खेल रोकिएको भएकाले डिएल म्याथ्यडका आधारमा बादुरालियाले ३५ ओभरमा १ सय ६५ रनको लक्ष्य पाएको हो।

सुर्रे क्रिकेट मैदान कोलम्बोमा टस जितेर ब्याटिङ रोजेको नेपालले राम्रो सुरुवात गर्न सकेन्। छैटौं विकेटका लागि रित र हरिबहादुर चौहानबीच १ सय ११ रनको साझेदारी भएसँगै नेपाल सम्मानजनक स्थितिमा पुगेको थियो।

४०.५ ओभरमा वर्षाले खेल रोकिदा रित र हरिबीच ९० रनको साझेदारी भएको थियो। त्यतिञ्जेल नेपालले १७५ रन बनाएको थियो। वर्षा रोकिएपछि पुनः सुरु भएको खेलमा दुबैले ११ रनमात्रै जोड्दा रित ७६ रनमा एलबिडब्लुको सिकार भए। लगत्तै हरिबहादुर चौहान पनि ५६ रनमा बोल्ड भए।

पहिलो ओभरको दोस्रो बलमै नेपालका ओपनर पवन सर्राफ खाता नै खोल्न नपाई पवेलियन फर्किए। उनको स्थानमा क्रिजमा आएका आसिफ सेखलाई पनि नेपालले तेस्रो ओभरमा गुमायो। पहिलो अभ्यास खेलमा अर्धशतकीय पारी खेलेका आसिफले यस खेलमा भने १४ रनमात्रै जोड्न सके।

आसिफको स्थानमा क्रिजमा आएका खड्क बोहरा पनि २ रनमै एलबीडब्लुको सिकार भए। दशौं ओभरमा कप्तान रोहितकुमार पौडेल पनि ३ रनमै बोल्ड भएपछि नेपालको मध्यक्रम धर्मराएको थियो।

रोहित आउट हुँदा नेपाल ९.१ ओभरमा ३९–४ को स्थितिमा थियो। रितलाई पाँचौ विकेटका लागि सन्दीप जोराले साथ दिए। २०.३ ओभरमा २४ रनमा आउट हुनुअघि यी दुईबीच ५६ रनको साझेदारी भएको थियो।

त्यसपछि रित र हरिबीच छैटौं ओभरको लागि शतकीय साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए।

यू -१९ एसिया कपको तयारीका लागि नेपालले श्रीलंकामा मैत्रीपूर्ण खेल खेलिरहेको हो।

भदौ १९ गतेबाट श्रीलंकामा सुरु हुने प्रतियोगितामा यसपटक टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तानसँगै दुई एसोसियट राष्ट्रहरु नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन्।

समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा टेस्ट राष्ट्रहरु श्रीलंका र बंगलादेशको र अन्तिम खेलमा यूएईको सामना गर्दैछ।

नेपाली टोलीको लक्ष्य कम्तिमा टेस्ट राष्ट्रलाई पराजित गर्दै सेमिफाइनलसम्म पुग्नेछ।

एसिया कपमा नेपालको खेल तालिका
भदौ १९: देखि भदौ २८ सम्म
भदौ २०: नेपाल भर्सेस श्रीलंका
भदौ २२: नेपाल भर्सेस बंगलादेश
भदौ २४: नेपाल भर्सेस यूएई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad