राजनीति


सन्धि-सम्झौता तथा नक्साका आधारमा सीमा विवाद समाधान गर्छौँ: परराष्ट्रमन्त्री खनाल

सन्धि-सम्झौता तथा नक्साका आधारमा सीमा विवाद समाधान गर्छौँ: परराष्ट्रमन्त्री खनाल

नेपालखबर
असार १८, २०८३ बिहिबार १०:४४, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबिचको सीमा विवाद  कूटनीतिक वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन्। 

बिहीबार राससमा प्रकाशित अन्तर्वार्तामा उनले सीमा विवाद समाधानका लागि सरकार प्रतिबद्ध रहेको दाबी गरेका हुन्। 

यहाँको भ्रमणपछि निकट भविष्यमै प्रधानमन्त्रीज्यूको भारत भ्रमणको अवसरमा सीमा, दुईपक्षीय व्यापारलगायतका विषयमा कुनै ठोस सहमतिको अवस्था निर्माण भएको हो?

जवाफमा उनले भनेका छन्, ‘नेपालले भारतसँग आर्थिक विकासलाई केन्द्रमा राखेर द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न चाहन्छ। सीमासम्बन्धी विषयलाई नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप, ऐतिहासिक सन्धि-सम्झौता तथा नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्ने दिशामा हामी प्रतिबद्ध छौँ।’

भारत भ्रमणबाट फर्केको लगत्तै यहाँले अर्को छिमेकी राष्ट्र चीनको पनि भ्रमण सम्पन्न गर्नुभएको छ। यो संयोग मात्रै हो कि कूटनीतिक चातुर्यता पनि हो?

मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिको कुरा गर्दा छिमेक सम्बन्ध अत्यन्त महत्त्वपूर्ण हुन्छ। मित्रराष्ट्र चीनसँग हाम्रो घनिष्ठ सम्बन्ध रहिआएको छ। यस सन्दर्भमा चीन भ्रमणलाई संयोग वा कूटनीतिक चातुर्यता भन्नुभन्दा पनि चीनसँगको हाम्रो सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा यो भ्रमण सम्पन्न भएको मान्नु उपयुक्त पर्छ। यी भ्रमणहरूबाट द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहकार्य विस्तार गर्ने तथा आपसी विश्वास, समझदारी र जनस्तरको सम्बन्ध थप मजबुत बनाउने विषयमा महत्त्वपूर्ण छलफल र समझदारीहरू भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad