प्रतिनिधि सभाको बैठक सञ्चालनमा ढिलाई भएको छ।
बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको थियो। यही असार १४ गतेपछि आज प्रतिनिधिसभाको बैठक बस्न लागेको हो।
तर, एकघण्टा ढिलो हुन लाग्दासमेत बैठक सुरु हुन सकेको छैन।
आजको प्रतिनिधिसभा बैठकका लागि १३ वटा सम्भावित कार्यसूची तय गरिएका छन्।
जसमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक- २०८३ माथि दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेदेखि लिएर प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेसहितका कार्य सूची छन्।
त्यसैगरी आज राष्ट्रिय सभाको बैठक पनि बोलाइएको छ। राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो सवा १ बजे बस्नेछ।
57
Shares

प्रतिक्रिया