ad ad

खेल


सिंगापुरमा अमित र किशोरले चारवटा एकदिवसीय खेल खेल्ने

सिंगापुरमा अमित र किशोरले चारवटा एकदिवसीय खेल खेल्ने

नेपालखबर
भदौ १२, २०७६ बिहिबार ११:२१,

ओपरन ब्याट्सम्यान अमित श्रेष्ठ र तीव्रगतिका बलर किशोर महतो एकदिवसीय क्रिकेट खेल्न बिहीबार(आज) राति सिंगापुर प्रस्थान गर्न लागेका हुन्।

आफूहरुले सिंगापुरको राष्ट्रिय टिमविरुद्ध नेपाल, मलेसिया र सिंगापुरका खेलाडीहरु मिश्रित टोलीबाट खेल्न लागेको अमितले नेपालखबरसँग बताए।

‘नेपाल, मलेसिया र सिंगापुरका खेलाडीहरु भएको टोलीले सिंगापुरको सिनियर टोलीसँग खेल्न लागेको हो,’ अमितले नेपालखबरसँग भने, ‘३० तारिखदेखि ९ तारिखसम्म चारवटा एकदिवसीय खेलहरु हुनेछन्। त्यसकै लागि नेपालबाट हामी जान लागेका हौं।’

राष्ट्रिय टोलीका कप्तान पारस खड्का र मुख्य प्रशिक्षक उमेश पटुवालको पहलमा आफूहरु सिंगापुरमा खेल्न जान लागेको अमितले बताए।

प्रतियोगिताका दौरान अमित र किशोरको आवातजावत तथा बसाईको खर्च सिंगापुर क्रिकेटले ब्यहोर्नेछ।

देशको प्रतिनिधित्व गरेर गइरहेकाले आफूहरुले सक्दो उत्कृष्ट प्रदर्शन गर्ने अमितले बताए। ‘हामीहरु देशको प्रतिनिधित्व गर्दै जादैँछौं। सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं,’ अमितले भने।

बिहीबार मात्रै घरेलु मैदानमा आगामी मंसिरमा हुने दक्षिण एसियाली खेलकुद(साग)को बन्द प्रशिक्षणका लागि नेपाली प्रारम्भिक टोली घोषणा भएको थियो। आगामी भदौ १५ गतेदेखि सुरु हुने बन्द प्रशिक्षणमा अमितसँगै किशोर पनि परेका छन्।

लामो समय राष्ट्रिय टोलीमा पर्न संघर्ष गरिरहेका अमितले सिंगापुरमा खेल्ने चार एकदिवसीय प्रतियोगिताले राष्ट्रिय टोलीमा फर्कन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

बारा, कलैयाका दायाँ हाते ब्याट्सम्यान अमित सन् २०१० मा भएको सागमा पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गरेपनि टोलीबाट भने खेल्न पाएका थिएनन्।

सन् २०१३ को एसीसी यू–१९ इलाइट कपमा पहिलोपटक यू–१९ राष्ट्रिय टोलीमा परेका अमित पटक पटक सिनियर टोलीको क्याम्पमा परेपनि राष्ट्रिय टोलीमा पर्न सकेका छैनन्।

यस्तै पूर्व यू–१९ टोलीका तीव्र गतिका बलर किशोर नियमित राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनी घरेलु फ्रेन्चाइजी क्रिकेटमा सबै टोलीको प्राथमिकतामा पर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .