सर्वोच्च अदालतमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको रिट सुनुवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलास तोकिएको हो।
यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिट सुनुवाइ भएको थियो।
उक्त इजलासले व्यापारी दिपक भट्ट र सुलभ अग्रवाललगायतविरुद्धको सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर, बिमासम्बन्धी कसुरका मुद्दाका फाइल मगाएको थियो।
यसअघि असार ११ गते सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउन आदेश जारी गरेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।
असार ९ गते विशेष अदालतले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। फेरि असार १५ गते हिरासत म्याद ३ दिन थपिएको थियो।
असार १० गते पौडेलकी पत्नी दोमायाले आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
Shares

प्रतिक्रिया