ad ad

राजनीति


सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउने खेलमाः निधि

सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउने खेलमाः निधि

नेपालखबर
भदौ १२, २०७६ बिहिबार ११:१५,

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य सञ्चालन व्यवस्थामाथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन्।

राजधानीमा बिहीबार आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरी कानुननै संसोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताएका हुन्। उनले अधिनायकवादी प्रवृत्तिबाट कानुन नै परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न नपाईने भन्दै तत्काल कार्यविधि सच्याउन सरकारलाई चेतावनी दिए।

उनले भने, ‘कार्यपालिकाको प्रमुख विरामी परेर विदेश जानुभयो। त्यो पनि कानुनमै संशोधन गरेर। देशका कानुनलाई अवैधानिक तरिकाले देश विरोधी मानसिकताबाट, लोकतन्त्र विराधी मानसिकताबाट, अधिनायकवादी प्रवृत्तिबाट कानुन परिर्वतन गरेर मन्त्रीपरिषद् बैठक सञ्चालन गर्न पाईदैन। यो खतरनाक संकेत हो।’

सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउने खेलमा लागेको भन्दै उनले कम्युनिष्ट स्टेट विरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए।

उनले सरकारले नया विधेयकहरुमा पनि सम्पुर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने गरी व्यवस्था गरेको आरोप लगाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .