राजनीति


जनयुद्धका सहीद इन्द्र कोइरालाको घर माओवादीले बनाइदिने

जनयुद्धका सहीद इन्द्र कोइरालाको घर माओवादीले बनाइदिने

नेपालखबर
असार १७, २०७८ बिहिबार ३:३६,

माओवादी केन्द्र सर्लाहीले जनयुद्धका सहीद इन्द्र कोइरालाको घर बनाइदिने निर्णय गरेको छ।

माओवादी केन्द्र सर्लाही जिल्ला समितिको बुधबार बसेको बिस्तारित बैठकले बागमती नगरपालिकामा सहीद कोइरालाका आश्रित परिवारका लागि चार कोठे पक्की घर बनाइदिने निर्णय गरेको हो। बागमती नगरपालिकाकाले घर निर्माणका लागि सहीद कोइरालाकी पत्नी लक्ष्मी कोइलालाई निःशुल्क रुपमा घडेरी उपलव्ध गराएको छ।

जनयुद्धको क्रममा १० कात्तिक २०५५ मा कोइरालाको मृत्यु भएको थियो। उनका पत्नी र दुई छोरा छन्। उनी १० वर्षे जनयुद्धको क्रममा सर्लाही जिल्लाका प्रथम सहीद हुन्। आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कोइराला परिवार घरविहीन भएपछि घर बनाइदिने निर्णय गरिएको माओवादी सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए। घरबारबिहीन अवस्थामा रहेका कोइराला परिवार हाल अर्कैको घरमा बसिरहेका छन्।

घर निर्माणका लागि नेता मोहनलाल श्रेष्ठ सन्देशको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ। घर निर्माणमा झण्डै १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ।

आगामी कात्तिक १० गतेसम्ममा घर निर्माणको काम सकेर कोइराला परिवारलाई हस्तान्तरण गरिने नेता बुढाथोकीले जानकारी दिए। सहीद कोइरालाका छोराहरुको पठनपाठनमा पनि माओवादीले सहयोग गरेको थियो।

यसअघि माओवादी केन्द्र सर्लाहीले नेतृ माया बलको उपचारका लागि मासिक ५० हजार रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको थियो। क्यान्सरको समस्याबाट ग्रस्त बललाई उपचार खर्च बापत एक महिनाको ५० हजार रुपैयाँ उपलव्ध गराइसकिएको नेता बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad