ad ad

समाज


लगातार वर्षा, कहाँ–कहाँ बाढीको खतरा? (३ दिनसम्मको अनुमानसहित)

लगातार वर्षा, कहाँ–कहाँ बाढीको खतरा? (३ दिनसम्मको अनुमानसहित)

नेपालखबर
असार १७, २०७८ बिहिबार ३:२४,

लगातार वर्षाका कारण देशभर बाढी-पहिरोको जोखिम बढेको छ।

वर्षा अझै बढ्नै भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरिरहेका छन्।

बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान जारी गरेको सूचनाअनुसार आज कोसी, नारायणीका सहायक नदी तथा पूर्वी राप्ती र कन्काईलगायतमा बहाव बढ्ने सम्भावना छ। यी मध्ये केही नदीको जल सतह सतर्कता तह पुग्न सक्ने देखिएको छ।

यसैगरी कमला, बागमतीलगायत नदीमा पनि बहाव सतर्कता तह पार गरी खतरा तहसम्म पुग्न सक्ने अनुमान छ।

सूचनामा भनिएको छ, ‘तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन हुन अनुरोध छ।’

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्मै विभिन्न स्थानमा बाढीको उच्च खतरा छ।

हेर्नुहोस्, तलको बुलेटिन :

badhi 17asar

यी पनि : 

लगातार वर्षाले मेलम्ची बजार फेरि बाढीको जोखिममा, चेतावनी जारी

तनहुँ, चितवन र सिन्धुलीका यी स्थानमा होसियार रहौंः मौसम विभाग

मध्यरातिदेखि निरन्तर वर्षा, आज दिनभर जारी रहने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .