ad ad

राजनीति


एमाले विवाद : समिट होटलमा संयुक्त बैठकपछि ओली र नेपाल पक्षका नेता छुट्टाछुट्टै छलफलमा

एमाले विवाद : समिट होटलमा संयुक्त बैठकपछि ओली र नेपाल पक्षका नेता छुट्टाछुट्टै छलफलमा

नेपालखबर
असार १६, २०७८ बुधबार ११:८,

नेकपा एमालेभित्र देखिएको विवाद मिलाउन सक्रिय रहेका नेताहरुबीच ललितपुरको समिट होटलमा बैठक जारी छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ४ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ४ नेता गरी ८ जनाबीच पार्टी एकतालाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल भइरहेको हो।

सुरुमा कार्यदलमा रहेका ८ नेताहरुबीच संयुक्त छलफल भएको थियो।

त्यसलगत्तै अहिले भने ओली पक्षका र नेपाल पक्षका नेताहरुबीच छुट्टाछुट्टै छलफल भइरहेको स्रोतले जनाएको छ।

‘८ नेताबीच संयुक्त रुपमा छलफल भएपछि अहिले आ–आफ्नो पक्षका बीचमा छुट्टाछुट्टै छलफल भइरहेको छ’, स्रोतले नेपालखबरसँग भन्यो।

एमालेलाई जेठ २ को अवस्थामा फर्काएर एकता गराउने प्रयत्नस्वरुप दोस्रो तहका नेताहरु सक्रिय छन्।

नेपाल पक्षले जेठ २ अनुसार पार्टी फर्किए पुनः एक भएर अघि बढ्न सकिने बताउँदै आएको छ।

बुधबार बसेको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले नेपालसहितका नेताहरुमाथि गरिएको कारबाही फिर्ता लिनुको साथै पुरानै जिम्मेवारी कायम रहेको निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .