राजनीति


एमाले स्थायी कमिटीमा थपिए चार पूर्वमाओवादी नेतासहित ८ जना, १०औँ महाधिवेशन कमिटी भंग

एमाले स्थायी कमिटीमा थपिए चार पूर्वमाओवादी नेतासहित ८ जना, १०औँ महाधिवेशन कमिटी भंग

नेपालखबर
असार १६, २०७८ बुधबार ८:४९,

नेकपा एमालेले ८ जनालाई स्थायी कमिटीमा थप गर्दै १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्दै स्थायी कमिटी विस्तार गरेको एक नेताले जानकारी दिए।

जसमा पूर्वमाओवादीका ४ नेता र एमालेकै ४ नेता समेटिएका छन्। यी ८ जना नै तत्कालीन नेकपाका स्थायी कमिटी सदस्य थिए।  

माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरिएको छ।

रघुवीर महासेठ, विष्णु रिमाल, रघुजी पन्त र वेदुराम भुसाललाई स्थायी कमिटी सदस्य बनाइएको छ।

‘केन्द्रीय कमिटी सदर गर्दै तत्कालीन नेकपामा भएकाहरुलाई स्थायी कमिटी सदस्य बनाइएको छ’, ती नेताले भने, ‘त्यसमा तत्कालीन अवस्थामा माओवादी परित्याग गरेका ४ नेता परेका छन्।’

यसैबीच, बैठकले माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्याैपाने, रामकुमारी झाक्री, कलिला खातुन, पुष्पाकुमारी कर्ण, निरादेवी जैरू, सरला यादव, कल्याणी खड्कासहित ११ नेतामाथि गरेेकाे कारबाही पनि फिर्ता लिएकाे छ।

आयोजक कमिटी निर्माण गरेसँगै नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पार्टीका पदाधिकारीहरुलाई पुनर्स्थापित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad