महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकार भित्र नपर्ने बताएका छन्।
धारा १३७ अनुसार यो मुद्दा संवैधानिक इजलासमा बहस हुनुनपर्ने उनले बताए।
संवैधानिक इजलासमा बहस हुनका लागि संघ र प्रदेश बीचको विवाद, संघ र स्थानीय तह बीचको विवाद भएको हुनुपर्ने उनको तर्क छ।
‘दुर्भाग्य उहाँहरु जुन धारा टेकेर यहाँ आउनुभयो त्यो धारा अनुसारको माग दावी नै छैन। उहाँहरुले अदालतलाई गुमराहमा पार्नुभयो,’ संसद विघटनको मुद्दामा सोमबार जवाफी बहस गरेका बडालले भने, ‘अरु इजलासमा पेस भएको मुद्दा यो इजलासमा आउने बाटो भनेको १३७, (३) हो तर, त्यो बाटोबाट यो इजलासमा मुद्दा आएको छैन।’
राष्ट्रपति र प्रधानमन्त्रीबारे प्रश्न गरिरहँदा यो मुद्दा सही बाटोबाट आयो की आएन भन्नेबारे इजलासले बोल्नुपर्ने बडालले बताए।
उनले हामिले जुरिस्डिक्सन स्विकारे पनि कानूनले नस्विकार्ने बताउँदै अधिकार क्षेत्र नै नभएको अवस्थामा कसरी न्यायिक निर्णय गर्न मिल्छ भन्दै प्रश्न उठाए।

प्रतिक्रिया