समाज


बेलुकी ७ बजेसम्म बसहरु पूर्ण क्षमतामा चल्ने, माइक्रो चल्न नपाउने

बेलुकी ७ बजेसम्म बसहरु पूर्ण क्षमतामा चल्ने, माइक्रो चल्न नपाउने

नेपालखबर
असार १४, २०७८ सोमबार ७:१६,

काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोरविजोर प्रणालीमा सञ्चालन हुने भएका छन्।

२५ सिट क्षमतामाथिका बस सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने गरी सञ्चालन गर्न पाइने भएको हो।

सार्वजनिक सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ। आदेशअनुसार माइक्रो बस भने चल्न नपाउने भएका छन्।

सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालन गर्दै भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सक्ने भएका हुन्।

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवर्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने शर्त राखेको छ।

त्यस्तै सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, बीउबीजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारीसाधनहरु निर्बाध रुपले सञ्चालन गर्न पाउने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad