राजनीति


खगेन्द्र संग्रौलाको आरोप : शिक्षामन्त्री श्रेष्ठले यी ४ अपराध गरेका छन्

खगेन्द्र संग्रौलाको आरोप : शिक्षामन्त्री श्रेष्ठले यी ४ अपराध गरेका छन्

नेपालखबर
असार १४, २०७८ सोमबार २:५७,

बृहत् नागरिक आन्दोलनका अगुवासमेत रहेका लेखक खगेन्द्र संग्रौलाले छुवाछुतका अभियुक्त छुटाउने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले ४ अपराध गरेको आरोप लगाएका छन्।

यसकारण उनलाई कम्तीमा ४ वर्षको कैद सजायका लागि मुद्दा हाल्नुपर्ने लेखक संग्रौलाको माग छ।

उनी भन्छन् : यी हुन्, कृष्णगोपाल श्रेष्ठका ४ अपराध :

१. मन्त्री भएरर न्यायिक प्रक्रियामा ठाडो हस्तक्षेप

२. जातभेदी नारीलाई हिरासतबाट मुक्त

३. छुवाछूतकारी नारीलाई झण्डावाल गाडीमा सवार

४. राज्य संरक्षित जातभेदको मतियारी।

उनी अगाडि भन्छन्, ‘यी श्रीकृष्णलाई कम्तीमा ४ वर्ष कारावासको सजाय होस् भनी मुद्दा हाल्ने छैन क्वै माइकलाल?’

इमेज टेलिभिजनमा ‘उकाली-ओराली’ कार्यक्रम सञ्चालन गर्ने सुनारलाई यही असार १ गते काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानले भाडामा कोठा दिने पक्कापक्की गरिसकेर अन्त्यमा रूपा सुनारको जात थाहा पाएपछि बहिष्कार गरेकी थिइन्।

यसविरुद्ध सुनारले महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरी दिएपछि घरबेटी प्रधानलाई प्रहरीले पक्राउ पनि गरेको थियो। तर स्वयं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी वृत्त पुगेर उनलाई थुनामुक्त गराई सरकारकै झन्डावाल गाडीमा चढाई घर पुर्‍याइदिएका थिए। यसरी उनले घटना अनुसन्धान भइरहेकै बेला अभियुक्त रिहा गरेर जातीवादको पक्षपोषण गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ। राजीनामा माग्दै ठाउँठाउँमा उनको पुत्लासमेत जलाइएको छ।

यी पनि :

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्री अझै किन कायम?

आफूविरुद्ध अफवाह फैलाउने ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी

विप्लवनिकट युवा संगठनले भन्योः रूपा सुनारलाई जातीय भेदभाव गर्ने घरबेटीलाई कारबाही हुनुपर्छ

यस्तो संवाद भएको रहेछ, रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच (जस्ताको तस्तै)

रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad