राजनीति


उपसभामुख नेतृत्वको टोली चीन प्रस्थान

उपसभामुख नेतृत्वको टोली चीन प्रस्थान

फाइल तस्बिर।


नेपालखबर
असार ३१, २०८३ बुधबार १८:५४, काठमाडौँ

प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल बुधबार चीन प्रस्थान गरेको छ।

चीनको न्याङ्ग्ची सहरमा हुने पाँचौँ चीन-सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी साउन १ गतेसम्म हुने उक्त कार्यक्रममा उपसभामुखले सम्बोधन गर्ने कार्यक्रम छ। 

भ्रमणका क्रममा सिजाङस्थित लिन्ची सहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङबीच उनको भेटवार्ता हुने कार्यक्रम छ। 

उक्त प्रतिनिधिमण्डल आगामी साउन ४ गते स्वदेश फर्कनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad