नेकपा (एमाले)ले अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विद्यार्थी नेताहरूलाई बिनासर्त रिहा गर्न माग गवरेको छ।
एमाले महासचिव शंकर पोखरेलले बुधबार प्रेस वक्तव्य जारी गरी विद्यार्थी नेतालाई रिहा गर्न माग गरेको हुन्। ‘एमाले गिरफ्तार गरिएका अनेरास्ववियुका अध्यक्ष धामीसहित सातै जना विद्यार्थी नेताहरूलाई तत्काल र बिनासर्त ससम्मान रिहा गर्न सरकारसँग जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
बुधबार बिहान धामीको नेतृत्वमा अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो। त्यसक्रममा प्रहरीले धामीसहित जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरिष बुढाथोकीलाई पक्राउ गरेको थियो।


प्रतिक्रिया