राजनीति


सर्वाेच्च अदालतको आदेशबारे छलफल गर्न बालुवाटारमा एमाले बैठक

सर्वाेच्च अदालतको आदेशबारे छलफल गर्न बालुवाटारमा एमाले बैठक

नेपालखबर
असार १३, २०७८ आइतबार ४:७,

नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसिरहेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ९ बजेपछि सुरु भएको हो।

बैठकमा सर्वोच्च अदालतले पछिल्लोपटक जारी गरेका आदेश र समसामयिक राजनीतिक विषय एजेन्डा रहेको सचिव तामाङले नेपालखबरलाई जानकारी दिए।

यस्तै उनले बैठकमा माधव नेपाल पक्षका कोही पनि उपस्थित नभएको जानकारी पनि दिए। यसबीच पार्टी एकताका लागि भनेर एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका अध्यक्ष ओलीले माधव नेपाल पक्षसहितको स्थायी कमिटी बैठक राख्ने चर्चा चलेको थियो।

असन्तुष्ट वरिष्ठ नेता माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा दिइएको रिट निवेदनमा आफूनिकट सांसदले गरेको हस्ताक्षर फिर्ता नगर्ने बताएको भोलिपल्ट एमाले स्थायी कमिटी बैठक बसेकाे हो।

यस्तै सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन बदर गरेको, प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटी अमान्य भनेको, कर्णालीमा फ्लोर क्रस गरेका कारण बर्खास्त प्रदेश सांसदलाई पुनर्बहाली गरेको अवस्थामा बसिरहेको एमालेको स्थायी कमिटी बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। 

दोस्रोपटक गत जेठ ७ गते मध्यराति संसद् विघटनपछि कामचलाउ प्रधानमन्त्री ओलीले नियुक्ति गरेका २० मन्त्री अवैधानिक ठहर गर्दै सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि अहिले उनको सरकार उनीसमेत ५ सदस्यीय बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad