नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद र महाधिवेशको तयारी सम्बन्धि छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।
‘बैठकमा क्रियाशील सदस्यता छानविन समितिका पधाधिकारीहरुलाई पनि बोलाइएको छ,’ प्रवक्ता शर्माले नेपालखबरसँग भने, ‘बैठकमा आगामी महाधिवेशन र पार्टीको क्रियाशील सदस्यताको विषयमा देखिएका कतिपय विवादको विषयमा उहाँहरुले आफ्नो धारणा राख्नुहुनेछ।’
कतिपय जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धि विवाद छ। समितिले क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउन नसकेपछि पदाधिकारीलाई नै त्यसको जिम्मा दिने तयारी भएको कांग्रेस स्रोतले जनाएको छ।
कांग्रेसले आगामी भदौमा १४ औं महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेको छ। कार्यतालिका अनुसार कांग्रेसले असारभित्रै क्रियाशील सदस्यता टुंग्याउनुपर्ने छ।
यो पनि कांग्रेसले पुर्यायो १० लाख सदस्य, बन्यो नेपालको ‘सबैभन्दा ठूलो’ पार्टी
Shares

प्रतिक्रिया