राजनीति


शालिकरामको आत्महत्या र रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु

शालिकरामको आत्महत्या र रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ११:३८,

 शालिकराम पुडासैनीको आत्महत्या र रवि लामिछाने पक्राउ प्रकरणबारे भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालले पहिलो पटक बोलेकी छन्।

भरतपुर महानगरपालिका–१ स्थित होटल कंगारुमा गत साउन २० गते पत्रकार शालिकराम पुडासैनीको शव झुण्डिएको अवस्थामा फेला पारेको थियो। मृत्युअधि उनले छाडेको भिडियो सन्देशका आधारमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

रविसहित ३ जनालाई पक्राउ गर्नुमा भरतपुर महानगरकी मेयर रेणु दाहाल नबोलेको र पुडासैनीको मृत्यु र रविको पक्राउमा उनको हात रहेको भन्दै प्रदर्शनकारीले मेयर दाहाल विरुद्ध नारावाजी समेत गरेका थिए।

मेयर दाहालले आत्महत्या जुनसुकै व्यक्तिले गरे पनि दुःखद घटना भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेकी छन्।

शालिकरामको आत्महत्या र कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्राउलाई लिएर चौतफी रुपमा आफूमाथि आक्रमण हुन थालेपछि मेयर दाहालले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै घटनामा जबर्जस्ति रुपमका उच्च राजनीतिक नेतृत्व र आफूलाई जोडनु दुखद् भएको बताएकी छन्।

‘घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुको विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्च पदस्थ राजनीतिक नेतृत्व र भरतपुर महानगरपालिकाका प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद् कुरा हो’, विज्ञप्तिमा भनिएको छ, ‘घटनासँग कुनै पनि सम्बनध नभएका व्यक्ति एवं संस्थाहरुलाई जोडेर अनावश्यक टिकाटिप्पणी र र घटनालाई विषयान्तर नगर्न महानगरपालिका सम्बन्धित सबैसँग अनुरोध गर्दछ।’

क्नै पनि मुद्दको अनुसन्धान गर्ने जिम्मा प्रहरी र न्याय निरुपण गर्ने जिम्मा अदालतको भएको भन्दै उनले निष्पक्ष तथा सत्यतथ्य छानबिन गर्न माग समेत गरेकी छन्। दोषी नछुटुन र निर्दोष नपरुन भन्ने आफ्नो मान्यता रहेको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।

मेयर दाहालले सामाजिक सञ्जालमा आएका भ्रामक प्रचारको भ्रममा नपर्न महानगरवासीलाई आग्रह समेत गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad