यूभेन्ट्सका फरवार्ड रोनाल्डो र बार्सिलोनाका फरवार्ड मेस्सीबीच दशकअघि को विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी भन्ने प्रतिस्पर्धा छ। दुबैले हालसम्म समान पाँच वटा बोलुन डि’ ओर अवार्ड जितेका छन्। जुन प्रत्येक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई दिइने गरिन्छ।
‘मेस्सीकै कारण म उत्कृष्ट खेलाडी र प्रतिस्पर्धी भएको हुँ भन्नेमा मलाई शंका छैन्,’ पोर्चुगिज च्यानल टिभी वानसँगको कुराकानीका क्रममा रोनाल्डोले भने, ‘जब मैले ट्रफी जित्छु त्यसले पक्कैपनि मेस्सीलाई इष्र्या बढ्छ। जब उनले जित्छन् त्यसबेला मलाई पनि त्यस्तै हुन्छ।’
‘मेस्सीले आफ्ना लागि बनाएको व्यक्तित्वको म प्रशंशक हुँ,’ रोनाल्डोले थपे, ‘जब मैले स्पेन(रियल म्याड्रिड) छाड्ने निर्णय गरे, त्यसबेला मेस्सीले असन्तुष्टि जनाएका थिए। हामीबीच हुने प्रतिस्पर्धा(एल क्लासिको)को उनी प्रशंसक थिए। यो सकरात्मक प्रतिस्पर्धा थियो।’
रोनाल्डोले प्रतिस्पर्धासँगै मेस्सीसँग आफ्नो निकै राम्रो व्यवसायिक सम्बन्ध रहेको समेत बताएका थिए।

प्रतिक्रिया