राजनीति


सात प्रदेशका आन्तरिक मामिलामन्त्री काठमाडौंमा, गृहमन्त्रीसँग छलफल

सात प्रदेशका आन्तरिक मामिलामन्त्री काठमाडौंमा, गृहमन्त्रीसँग छलफल

नेपालखबर
असार ६, २०७८ आइतबार ७:४०,

सात प्रदेशका आन्तरिक मामिला मन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा बैठक बसेको छ।

सात प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँग गृहमन्त्री खगराज अधिकारीले छलफल गरेको गृह प्रवक्ता जनकराज दाहालले बताए।

विपद् ब्यवस्थापन र निर्वाचन तयारी लगायतका विषयमा छलफल गर्न गृहमन्त्री अधिकारीले उनीहरुलाई काठमाडौं बोलाएका हुन्।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad