राजनीति


कांग्रेस बैठकः महामारीकै बीच महाधिवेशन गर्नेबारे छलफल

कांग्रेस बैठकः महामारीकै बीच महाधिवेशन गर्नेबारे छलफल

नेपालखबर
असार ४, २०७८ शुक्रबार १०:२५,

नेपाली कांग्रेसको महाधिवेशनका विषयमा केन्द्रीय समितिका सदस्यबीच छलफल भइरहेको छ।

पार्टी सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुबीच छलफल सकिएपछि निर्धारित समयभन्दा झण्डै ३ घण्टापछि केन्द्रीय समिति बैठक बसेको हो।

कांग्रेसको भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने तय भए पनि कोरोना महामारीको कारण कसरी गर्ने भन्ने विषयमा बैठकमा छलफल भइरहेको हो।

हिजो पनि बैठक बसेको थियो ।

बिहीबारको बैठकले सरकारकै उदासीनता र अकर्मण्यताको कारणले कोभिड–१९को विस्तार भएको र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरिरहेको भन्दै निन्दा गरेको थियो।

बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्नेगरी प्रस्ताव पेश भएको थियो भने स्थानीय तहको महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .