राजनीति


पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगे यादव र भट्टराई

पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगे यादव र भट्टराई

नेपालखबर
असार ४, २०७८ शुक्रबार १०:२४,

जनता समाजवादी पार्टीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका छन्।

यादव र भट्टराईले महन्थ ठाकुर र राजेन्द्र महतोसहितको नेताहरुमाथि गरेको कारबाहीअनुसार विवरण अध्यावधिक नगरेपछि राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्न गएका हुन्।

दफा ४४ को उप दफा (१) अनुसार यादव र भट्टराईले दलको नाम, छाप, झण्डा र चिन्ह दाबी गर्न आयोग गएका हुन्।

‘दलको नाम, छाप, झण्डा वा चिन्हसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोग समक्ष आधार तथा प्रमाणसहित दाबी पेश गर्नु पर्नेछ,’ ऐनको सो दफामा उल्लेख छ।

‘निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन दफा ५१ अनुसार विवरण अध्यावधिक नगरेपछि अध्यक्षहरु निर्वाचन आयोग जानु भएको हो’ यादव पक्षका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले नेपालखबरसँग भने, ‘कार्यकारिणीका ३० जना सदस्यको हस्ताक्षरसहित दाबी गर्न जानुभएको हो।’

जसपाको कार्यकारिणी समिति ५१ सदस्यको रहेको छ।

आयोगले दफा ४३ र ४४ अनुसारकै विवाद हो भनेर मानेपछि त्यसैअनुसार आयोग पुगेर पार्टीको आधिकारिकता दाबी गरेको राईले भने।

यादव र भट्टराईको दावीपछि निर्वाचन आयोगले अर्को पक्षलाई १५ दिनको समयमा उपलब्ध गराउँछ । बिबादको अर्को पक्षलाई थप १० दिनको समय लिनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad