राजनीति


सुदूरपश्चिममा ओलीको निर्देशन उल्लंघन गर्ने नेपाल समूहका १७ सांसदसँग स्पष्टीकरण सोधियो

सुदूरपश्चिममा ओलीको निर्देशन उल्लंघन गर्ने नेपाल समूहका १७ सांसदसँग स्पष्टीकरण सोधियो

गोकुल जोशी
जेठ २७, २०७८ बिहिबार १०:४३,

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी (संस्थापन पक्ष) ले नेपाल समूहका १७ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

पार्टीको निर्देशन विपरित मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गर्ने नेपाल समूहका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण मागिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीहरुलाई सरकार बाहिरिन तथा मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न पार्टीले दिएको निर्देशन किन अवेज्ञा गरेको लगायतका प्रश्न स्पष्टीकरणमा सोधिएका छन्।

यस अघि संसदीय दलका नेता प्रकाश बहादुर शाहले संसदीय दलको निर्देशन विपरित मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्ने ओली समूहका ७ सांसदलाई पनि स्पष्टीकरण सोधेका थिए।

समयसीमा भित्र चित्तबुझ्दो जवाफ नआए कारबाही हुनेसमेत उनले चेतावनी दिएका छन्।

१० जेठमा एमालेको संस्थापन पक्षले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। र मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिन सांसदलाई निर्देशन जारी गरेको थियो।

यद्यपी नेपाल समूहको बाहुल्यता रहेको प्रदेश संसदीय दलले ओलीको निर्देशन उल्लंघन गर्दै मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

नेपाल समूहका १७ सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएर माओवादी केन्द्रको सरकार जोगाएका थिए।

११ सदस्य मन्त्रीमण्डलमा अहिले नेपाल समूहका ४ मन्त्री र ३ जना राज्यमन्त्री छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .