राजनीति


एमाले एकताका बाधक ओली, खनाल र नेपाल : योगेश भट्टराई

एमाले एकताका बाधक ओली, खनाल र नेपाल : योगेश भट्टराई

नेपालखबर
जेठ २६, २०७८ बुधबार ३:१४,

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीभित्र एकता कायम हुन नसक्नुमा अध्यक्षसहित तीनै शीर्ष नेता दोषी रहेको आरोप लगाएका छन्।

एमालेलाई एक बनाउन प्रयासरत नेता भट्टराईले बुधबार बिहान यसमा देखिएको अवरोध विश्लेषण गर्दै यसमा अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय झलनाख खनाल र माधवकुमार नेपाल तीनै जना जिम्मेवार रहेको ठहर गरेका हुन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बरु अन्य पार्टीसँग सत्ता सहकार्य गर्न तयार हुने तर आफ्नै पार्टीका नेतासँग सहकार्य गर्न तयार नहुने तथा खनाल–नेपाल पनि अन्य दलसँग नजिकिन सक्ने तर आफ्नै अध्यक्षसँग मिल्न नसक्ने प्रवृत्ति नै एमाले एकताका बाधक भएको उनको विश्लेषण छ।

एमाले एकताको मूल जड केलाउँदै नेता भट्टराई भन्छन्, ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन (झलनाथ) खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने!’

उनी अगाडि भन्छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने!’

उनी प्रश्न गर्छन्, ‘कसले, किन र केका लागि गर्दै छ यो सब?’

एमाले एकतामा समस्याको मूल जड यहींनिर रहेको उनको ठहर छ।

पूर्वमन्त्रीसमेत रहेका एमाले नेता भट्टराई आग्रह गर्छन्, ‘यस विषयमा कमरेडहरू बीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ।’

एमालेमा एकता कायम गर्न दोस्रो तहका नेताबीच वार्ता तीव्र बनिरहेका बेला त्यसमा संलग्न नेता भट्टराईको यस्तो अभिव्यक्ति आएको हो।

पार्टीको आन्तरिक विवाद मिलाउन एमालेका दोस्रो तहका नेताहरूले मंगलबार राति अबेरसम्म ललितपुरको कुपण्डोलस्थित समिट होटलमा छलफल गरेका गरेका छन्।

छलफलमा ओलीतर्फ सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपालतर्फ घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य सहभागी भएका थिए।

एमाले एकताका लागि बनेको कार्यदलमा यसअघि रहेका भीम रावल र रघुजी पन्त सहभागी भएनन् भने भीम आचार्य भर्खर प्रवेश गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad