निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता गर्न सफल भएको बताएकी छन्।
मन्त्री तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा व्यक्तिले दुसित मनसायका साथ आफ्नो नाममा दर्ता गरेर लगेको जग्गालाई फिर्ता गर्ने लक्ष्य लिएको भन्दै त्यस्ता जग्गाहरु फिर्ता लिने काम प्रारम्भ गरेको बताइन्। उनले सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको र काठमाडौंमा पनि अतिक्रमण भएको जग्गा फिर्ता लिने काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो बताइन्।
उनले भनिन्, ‘सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसक्यौँ। राजधानीको मुटुमा रहेको जग्गा जुन सरकारको नाममा थियो। दुषित मनशायका साथ विभिन्न व्यक्तिहरुले त्यो जग्गा हडपेका थिए। जग्गा बिक्री वितरण गरिएको थियो। ति व्यक्तिहरुलाई म्याद तामेलको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। व्यक्तिले अतिक्रमण गरेर लगेको जग्गाहरुको हकमा केही केही जग्गाहरु सरकारको नाममा ल्याउने काम सकेका छौँ। र अझैपनि छानबिन हुँदैछ।’
निवर्तमान मन्त्री तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा जग्गा नापजाँचको नयाँ प्रविधि लाइडर प्रविधि अपनाएको र नारायणीदेखि पश्चिम महाकालीसम्मको भूभागमा नापजाँच गरिसकेको जानकारी दिइन्। मौसमले साथ दिए यसै आर्थिक वर्षभित्र डाटा प्रोसेसिङको काम सकेर त्यसको रिजेल्ट निस्किन सक्ने पनि उनले बताइन्। आगामी आ.व.मा नारायणीदेखि मेचीसम्म नापजाँचको काम हुने कार्यक्रम रहेको उनको भनाइ छ। उनले विभिन्न अनलाइन प्रविधिको सुरुवात गरेको पनि बताइन्।
उनले भनिन्, ‘मेरो कित्ता प्रविधि कार्यान्वयन भइसकेको छ। लाइडर प्रविधि, हाम्रो डाटा कलेक्शन गरिसकेपछि त्यो प्रोसेसिङ नेपालमै गर्ने र नेपालमा प्रयोग गरिसकेपछि त्यस्ता रअ मेटेरियल कसैले हाम्रो डाटा लिएर जान नपाउने गरी यहीँ छोडेर जानुपर्छ भन्नेमा मैले जोड दिएको छु।’
उनले भूमि मन्त्रालय अन्र्तगत केही केही सेटिङको प्रयास हुने गरेको भन्दै त्यस्तो प्रकारको सेटिङलाई आफूले तोडेको पनि बताइन्।
Shares

प्रतिक्रिया