राजनीति


ओली सरकारका उपप्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिँदा माओवादी केन्द्रलाई दोष!

ओली सरकारका उपप्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिँदा माओवादी केन्द्रलाई दोष!

नेपालखबर
जेठ २३, २०७८ आइतबार ०:४,

आफ्नो पार्टीको सरकारमा सामेल नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले विवादस्पद अभिव्यक्ति दिएको विषयमा नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले दोष लगाएका छन्।

जनता समाजवादी पार्टी (जसपा) का नेता महतोले शुक्रबार मन्त्री पदको शपथ लिनासाथ देशलाई बहुराष्ट्रिय राज्य बनाउने आफ्नो आन्दोलन जारी रहेको बताएपछि व्यापक विरोध भइरहेको छ। यद्यपि अहिले उनले यो अभिव्यक्ति फिर्ता लिइसकेका छन्।

मुख्यमन्त्री पोखरेलले भने उपप्रधानमन्त्री महतोले बोलेका कुरा नेकपा माओवादी केन्द्रले सिकाएको आशय झल्किने गरी आरोप लगाएका हुन्।

‘जसपाका कतिपय नीतिसँग हाम्रा विमति हिजो पनि थिए र आज पनि छन् नै। आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो,’ पोखरेलको आरोप छ, ‘आज माओवादी केन्द्रको उक्त नीति बदलिएको हो भने जसपाको पनि अवश्य बदलिनेछ। तर राष्ट्र र राज्यका बारेमा हामी हिजो पनि स्पष्ट थियौं र आज पनि स्पष्ट नै छौं।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै जसपाबाट १० जनालाई मन्त्री बनाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .