राजनीति


बाबुरामको टिप्पणी : नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडियो?

बाबुरामको टिप्पणी : नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडियो?

नेपालखबर
जेठ २२, २०७८ शनिबार ०:३२,

जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईले आफ्नै सहयात्रीहरु ओली सरकारमा सहभागी भएकोमा व्यंग्यात्मक टिप्पणी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाबाट उपप्रधानसहित ८ मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका थिए।

पूर्वप्रधानमन्त्रीसमते रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको अहिले घाँटी जोडिएको भन्दै व्यंग्य गरेका हुन्।

‘यक्ष प्रश्न-संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो?’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad