ad ad

राजनीति


विपक्षी गठबन्धनको बैठक बूढानीलकण्ठमा

विपक्षी गठबन्धनको बैठक बूढानीलकण्ठमा

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १२:२९,

नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनका चार दलको बैठक अहिले बसिरहेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाबाट डा. बाबुराम भट्टराई र एमालेबाट माधवकुमार नेपाल सहभागी छन्।

जेठ ७ गते १ सय ४९ सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्री दाबी पेश गरेका देउवाको सो प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिदिएकी थिइन्।

स्पष्ट रुपमा बहुमतको दाबी पेश गर्दा पनि प्रधानमन्त्री नबनाई सो प्र्रस्ताव खारेज गरेको भन्दै देउवासहित १ सय ४६ सांसदले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्।

रिटमाथिको बहस संवैधानिक इजलासमा आइतबार हुँदै छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .