राजनीति


मन्त्रीमण्डलमा व्यापक हेरफेर, चार जनाबाहेक एमालेका सबै मन्त्री पदमुक्त हुँदै

मन्त्रीमण्डलमा व्यापक हेरफेर, चार जनाबाहेक एमालेका सबै मन्त्री पदमुक्त हुँदै

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १२:१३,

नेकपा एमालेबाट केपी शर्मा ओली सरकारमा सहभागी भएका चार जनाबाहेक अरु सबै मन्त्री पदमुक्त हुने भएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज मन्त्रीमण्डल व्यापक रुपमा हेरफेर गर्दैछन्।

त्यसक्रममा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठबाहेक अन्य सबे मन्त्री पदमुक्त हुन लागेका एक उच्चस्रोतले जनाएको छ।

ओलीले आजै अर्थमन्त्री पौडेल, एमाले नेता रघुबीर महासेठ र जसपा नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउँदैछन्।

एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाङ्फे, पदमाकुमारी अर्याल, गणेशसिंह ठगुन्ना, जुलीकुमारी महतो, प्रेमबहादुर ओले, पार्वत गुरुङ, भानुभक्त ढकाल पदमुक्त हुने सूचिमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .