नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले चुरे पहाडका ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा घटाउने सरकारको योजना राष्ट्रघाती भएको बताएका छन्।
'लोकतन्त्र, मूल्य मान्यता, नैतिकता सबै बेचीसकेको सरकारले अब बाँकी बेच्न प्रकृति थियो। सरकार त्यो पनि बेच्न तम्सिरहेको छ', उनले भनेका छन्, 'व्यापार घाटा पूर्ति गर्ने नाममा चुरे पहाडका ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर सरकारले आफ्ना कार्यकर्ता पोस्ने अखडा बनाउन खोजको प्रष्ट छ।'
उनले प्राकृतिक स्रोतमाथिको दोहन राष्ट्रघाती कदम भएको बताए। चुरेको ढुंगा, गिटी निकासी गर्ने भन्न् कुरा देशको नियम कानुन साथै प्राकृतिक नियमको पनि ठूलो उल्लंघन भएको उनले बताएका छन्।
प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्ने जिम्वेवार निकायबाट नै त्यसको दोहन गर्न खोज्नु आफैमा भ्रष्टाचार भएको पौडेलको भनाई छ। सिङ्गै पहाड नै उजाड बनाएर बेच्ने कुरा कल्पनासम्म गर्न नसकिने उनले बताए।
'देश आजलाई मात्र होइन। भोलिका सन्ततिको भविष्यको आधार र प्राकृतिक स्रोत माथि हडप्ने अधिकार कसैलाई छैन', पौडेलले भनेका छन्।
Shares

प्रतिक्रिया