नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोपका लागि पत्राचार गरेको विषयमा प्रश्न उठाएका छन्।
रावलले एक ट्वीट गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको टिप्पणी गरेका छन्।
'यसले के प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझँउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ', उनले भनेका छन्।
कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) May 31, 2021
Shares

प्रतिक्रिया