ad ad

राजनीति


भारतको सीमामा एकपछि अर्को नयाँ हतियार जम्मा गर्दै चीन

भारतको सीमामा एकपछि अर्को नयाँ हतियार जम्मा गर्दै चीन

नेपालखबर
जेठ १७, २०७८ सोमबार १०:१५,

चीनले भारतसँगको सीमामा एकपछि अर्को नयाँ हतियार जम्मा पार्न थालेको छ।

ग्लोबल टाइम्समा प्रकाशित रिपोर्टअनुसार हालै चिनियाँ जनमुक्ति सेना (पीएलए)ले लाइन अफ एक्चुअल कन्ट्रोलनजिकै स्वचालित मोर्टार तैनाथ गरेको छ।

पछिल्लो केही समयमा पीएलएले सो क्षेत्रमा पु¥याएको यो चौथो नयाँ हतियार हो। यसअघि नै पीएलएले १२२ एमएमको अत्याधुनिक तोप, आक्रमणमा प्रयोग हुने बख्तरबन्द गाडी र लामो दुरीमा प्रहार गर्न मिल्ने मल्टिपल रकेट लञ्चर सो क्षेत्रमा तैनाथ गरिसकेको छ।

चीनले सन् २०१९ देखि प्रयोगमा ल्याएको एचक्यू–१७ ए नामक छोटो दुरीको क्षेप्यास्त्र पनि तैनाथ गरेको छ। यी हतियार हिमाली क्षेत्रमा प्रयोग गर्न सहज हुने बताइएको छ।

चीन र भारतको सीमा भौगोलिक रुपमा एकदमै दुरुह मानिन्छ। अक्सिजन पनि कम हुने सो क्षेत्रमा युद्ध कठिन हुने विश्लेषकहरुको भनाइ छ।

तर, पीएलएको सिन्जियाङ मिलिट्री कमान्डले पूर्ण र अत्याधुनिक युद्ध प्रणााली तयार गरिरहेको ग्लोबल टाइम्सले जनाएको छ।

थुप्रै चिनियाँ सेनाले नाइटभिजन गगल्स लगाएको तस्बिर पनि सार्वजनिक भएका छन्।

गतवर्ष लद्दाखको सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच झडप हुँदा २१ भारतीय र चार चिनियाँ सेनाको ज्यान गएको थियो। त्यसयता दुई पक्षबीच ११ पटक सैन्य वार्ता भइसकेको छ।

तर, पछिल्लो समय चीनको तयारी हेर्दा फेरि पनि तनाव बढ्ने सक्ने संकेत देखिन्छ।

सो क्षेत्रमा दुवै मुलुकले दशौँ हजार सैनिक तैनाथ गरेका छन्। भारतले पनि इजरायली ड्रोनबाट सो क्षेत्रको निगरानी गरिरहेको छ। एसिया टाइम्स

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .