कारोबार


आजको सेयरबजार : १३ अर्बको कारोबार, १३ खर्बको तरलता

आजको सेयरबजार : १३ अर्बको कारोबार, १३ खर्बको तरलता

नेपालखबर
जेठ १७, २०७८ सोमबार १०:९,

सर्वाधिक कारोबार गरेको भालिपल्ट अर्थात् आज सेयरबजारमा ‘करेक्सन’ आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४५.२५ अंकले र सेन्सिटिभ सूचक ६.५८ अंकले ओर्लिएको हो।

आइतबार अहिलेसम्मकै धेरै अर्थात् १७ अर्बको कारोबार भएको सेयरबजारमा आज भने १३ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आजको कारोबारमा २१८ कम्पनी सामेल भएका छन्। यी कम्पनीको ३ करोड कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा एक लाख ४८ हजार ७ सय १५ पटक सेयर खरिदबिक्री भएको हो।

यस्तै आज ३८ खर्ब ६१ अर्बको बजार पुँजीकरण पुगेको छ भने बजारमा १३ खर्ब ४५ अर्बको तरलता देखिएको नेप्सेले जनाएको छ।

आज म्युचुअल फन्डबाहेक १२ समूहको सूचक राताम्य भएका छन्।

आज राधी जलविद्युतका लगानीकर्ताले सर्वाधिक ९.९८ प्रतिशत आम्दानी गरेका छन्।

त्यस्तै वरुण हाइड्रोका लगानीकर्ताले ९.५७ प्रतिशत गुमाएका छन्।

कारोबारमा पनि आज राधी जलविद्युतको ९१ करोडको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad