राजनीति


उज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था उस्तै जटिल

उज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था उस्तै जटिल

नेपालखबर
जेठ १७, २०७८ सोमबार ८:५९,

कोरोना संक्रमणबाट गम्भीर बिरामी परी भेन्टिलेटरमा उपचाररत् रहेका विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

उनको हिजो गरिएको पछिल्लो रिपोर्ट नेगेटिभ आएको विवेकशील साझा पार्टीका प्रेदश सांसद विराजभक्त श्रेष्ठले बताए। उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार जारी छ।

‘उहाँको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ, अब यसपछि केकस्तो उपचार विधि अपनाउने भन्नेबारे अहिले डाक्टरहरुले परामर्श गरिरहनुभएको छ,’ मेडिसिटी अस्पतालमै रहेका श्रेष्ठले नेपालखबरसँग भने।

चिकित्सकले उनको स्वास्थ्य अवस्थामा कुनै उल्लेख्य परिवर्तन नभएको जनाएका छन्।

थापाको अवस्था अत्यन्त जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको हो।
हिजो आइतबार थापाका परिवारजनले दिएको जानकारीनुसार उनको ईसीएमओ प्रविधिको सहयोगमा विशेषज्ञहरुबाट, अस्पतालभन्दा बाहिरका विशेषज्ञहरूको समेत राय सल्लाहअनुसार उपचार गरिएको छ।

सो जानकारीमा उज्वलको अवस्था जटिल हुँदै गएको बताइएको थियो।

‘उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ,’ परिवारजनले दिएको जानकारीमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad