राजनीति


प्रधानमन्त्री भन्छन् : नेताहरुबाट निकै ठूलो अनिष्टको काम भइरहेको छ

प्रधानमन्त्री भन्छन् : नेताहरुबाट निकै ठूलो अनिष्टको काम भइरहेको छ

नेपालखबर
जेठ १६, २०७८ आइतबार १०:२८,

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन्।

तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भईरहेको बताए।

उनले नेता माधव कुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरे। उनले उनीहरुले मुलुकविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे।

उनले भने, 'तीनले खाएको सपथ झुटो हो, तीनको सपथ बेइमानी हो। तीनका सपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ। अहिले तीनले खाएका सपथ सम्झनुहोस् त। तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन्', ओलीले भने, 'सम्मानीय राष्ट्रपति ज्यू कोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ। शरम छैन। जब नेतृत्वतह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ। यो चिन्ताको विषय छ।'

राजनीतिक दल र तीनका नेताहरु अनशासनहिन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नएको घटना नेपालमा भएको ओलीको भनाई छ।

आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad