राजनीति


स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही गर्न कांग्रेसको माग

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही गर्न कांग्रेसको माग

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ९:३५,

नेपाली कांग्रेसले भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीहरुमाथि कुटपिट गर्नेलाई अबिलम्ब कारबाही गर्न माग गरेको छ।

कांग्रेस सहमहामन्त्री एमव् कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले शुक्रबार विज्ञप्ति निकालेर सो अस्पतालमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरुले डाक्टर र नर्सहरुमाथि आक्रमण गर्न खोज्दा ज्यान जोगाउन अस्पताल भवनबाट हामफालेको घटनाप्रति गम्भीर ध्यान गएको बताएका छन्।

‘स्वास्थ्यकर्मीहरुमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको काम समेत प्रभावित भई विरामीहरुको उपचारमा समेत गम्भीर असर परेको घटनालाई हामीले गम्भीरताका साथ लिएका छौं’ डा. महतले भनेका छन्, ‘नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समिति स्वास्थ्यकर्मी माथि भएको यस्तो आक्रमणको निन्दा गर्दछ। साथै, सरकारसँग स्वास्थ्यकर्मीहरुको सुरक्षा र यस्ता आक्रमकजन्य क्रियाकलापहरुलाई रोक्न कानूनी कारवाहीलाई सख्त गर्न पनि माग गर्दछ।’

उपचारका क्रममा बिहीबार दिउँसो दाङका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएपछि उनका आफन्तले अस्पताभित्रै पसेर चिकित्सक र नर्सलाई आक्रमण गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad