चीनले उपलब्ध गराउने खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जाने भएको छ।
निगमका प्रबन्धनिर्देशक डिम प्रसाद पोडेलले सोमबार नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज पठाउने तयारी भइरहेको बताएका हुन्।
नेपालका राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच भएको कुराकानीपछि चीनले १० लाख खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको छ।
‘राष्ट्रपतिको आग्रहमा चीन सरकारले तत्काल उपलब्ध गराउने १० लाख डोज खोप लिन आगामी सोमबार नेपाल वायुसेवा निगमको ए ३३० बाइडबडी विमान पठाउने तयारी गर्दै छौँ’, पौडेलले भनेका छन्।

प्रतिक्रिया