राजनीति


विवेकशीलका संस्थापक अध्यक्ष उज्वल थापालाई कोरोना संक्रमण, भेन्टिलेटरमा उपचार जारी

विवेकशीलका संस्थापक अध्यक्ष उज्वल थापालाई कोरोना संक्रमण, भेन्टिलेटरमा उपचार जारी

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ७:४३,

कोरोना संक्रमित भएका विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको अवस्था जटिल भएपछि भ्यान्टिलेटरमा राखी उपचार सुरु गरिएको छ।

संक्रमणपछि अक्सिजनको तह निकै कम देखिएपछि उनलाई १० दिनदेखि अक्सिजन दिइएको थियो।

बिहीबारबाट उनको अवस्था थप जटिल बनेपछि भ्यान्टिलेटरमा राखिएको डा. विश्व दवाडीले बताएका छन्।

‘पहिले अक्सिजन मास्क लगाएर राखिएको थियो। भ्यान्टिलेटरमा राखिएको २४ घण्टा भयो। भ्यान्टिलेटरमा राखेपछि अवस्था स्थिर छ,’ दवाडीले भने, ‘धेरै चिकित्सकहरुसँग परामर्श गरेर उहाँको उपचारको काम भैरहेको छ। अवस्था जटिल बनेपछि बिहीबार भ्याक्टिलेटरमा राखिएको हो।’

थापाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको दवाडीले बताए।

शुरुमा ह्याम्स अस्पताल र त्यसपछि नेपाली सेनाको अस्पताल राखिएको थियो।

अहिले ग्रान्डी अस्पतालमा उपचार जारी रहेको दवाडीले बताए।

अहिले विभिन्न व्यक्तिहरुले उनको स्वास्थ्य लाभको कामना गरी सामाजिक सञ्जालमा शुभकामना दिइरहेका देखिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad