संसद विघटनविरुद्ध भएको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बहसका लागि समय तोकेका छन्।
उनले एउटा रिट निवेदनमाथि बहस गर्दा १० मिनेटभित्र बहस टुंग्याउनुपर्ने भनी समय तोकेका छन्।
रिट निवेदकले सो समयभित्र एकैजनाले बहस गर्ने वा १० मिनेटभित्र धेरै जनाले गर्ने भनी तय गर्नुपर्नेछ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमध्ये १ सय ४६ जना सांसदले सामूहिक रुपमा दर्ता गरेको रिट नवौं नम्बरमा परेको छ।
सो रिटमाथिको बहसका क्रममा प्रधानन्यायाधीशले कसरी समय निर्धारण गर्ने हुन् त्यो भने प्रष्ट छैन।

प्रतिक्रिया